Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्टार एफएम म्युजिक अवार्ड उत्कृष्ट ५ लाई प्रमाणपत्र

फिल्मीखबर, काठमाण्डौ, 2014/01/29

‘स्टार एफ.एम. म्युजिक अवार्ड २०७०’ मा पर्न उत्कृष्ट पाँचमा पर्न सफल प्रतिस्पर्धीलाई प्रमाणपत्र वितरण गरिएको छ । यही मा २९ गते आयोजना हुने स्टार एफ.एम. म्युजिक अवार्डमा राष्ट्रिय, फिल्म, लोक तथा पप गरी विभिन्न २४ विधामा अवार्ड बाँडिदैछ ।

 

 

 

पहिलो संस्करणको अवार्डमा वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाइफटाइम अचिभ्मेन्ट र कृष्णा ताम्राकारलाई स्टार एफएफ रेडियोकर्मी सम्मान दिइने घोषणा समेत गरियो । स्टार एफ.एम.का कार्यकारी अध्यक्ष प्रदीप कुमार उदयले अवार्ड विवाद रहित हुने बताए ।

 

स्टार एफ.एम. म्युजिक अवार्डका लागि उत्कृष्ट पाँचमा पर्न सफल फिल्म विधाका उत्कृष्ट पाँच प्रतिस्पर्धीहरु यस प्रकार छन् -

 

उत्कृष्ट फिल्म गीतकार

१.अमृत रेग्मी, बाटो मोडेर गयौं (विन्दास)

२.कृष्ण हरी वराल, पागम म बन्न सक्छु (रिदम)

३.नरेश भट्टराई, बाँध न बाँध (धुवाँ यो नशा)

४.सुरेश अधिकारी, कुन दिनमा बाँधेछु (मायाज बार)

५.स्वप्नील बराल, मायाको भुलभुलैया (नोटवुक)

 

उत्कृष्ट पाश्र्व गायिका

१.अन्जु पन्त, तिमिसँग रिसाएर (मेरो जीवन साथी)

२.दुर्गा परियार, कुन दिनमा बाँधेछु (मायाज बार)

३.प्रविशा अधिकारी, मायाले (मंजरी)

४.मिलन अमात्य, गाला रातै (नोटवुक)

५.रजिना रिमाल, पागल म बन्न सक्छु (रिदम)

 

उत्कृष्ट पाश्र्व गायक

१.दिपक लिम्बु, हमेशा हमेशा (हमेशा)

२.प्रहल्हाद तिमल्सिना, गाला रातै (नोटवुक)

३.राजेश पायल राई, सरसर (मायाज बार)

४.शिव परियार, बाटो मोडेर गयौं (विन्दास)

५.स्वरुप राज आचार्य, पागल म बन्न सक्छु (रिदम)

 

उत्कृष्ट फिल्म संगीतकार

१.अर्जुन पोखरेल, मेरो जीवन साथी

२.कालि प्रसाद बास्कोटा, मंजरी

३.बसन्त सापकोटा, नोटवुक

४.बसन्त सापकोटा, रिदम

५.सुरेश अधिकारी, मायाज बार