‘किङ सिङ्गर’ राजेश पायल राईले ‘मुटु’ फिल्मको प्रेसमिटमा एमसी गरे । कुनै पनि सार्वजनिक कार्यक्रममा राजेशले पहिलो पटक एमसी गर्दै थिए । पहिलो पटक भएरै होला राजेश माईक अगाडी बोल्दा लर्बराए जस्ता सुनिए ।
कार्यक्रम सञ्चालन गर्दा राजेश नर्भस जस्ता देखिन्थें । कार्यक्रममा राजेशले बोलिरहेका शब्दबारे उनलाई कुनै पूर्व जानकारी नै थिएन । ‘मुटु’ फिल्मका कलाकार मध्येका एक विमलेश अधिकारीलाई आसन ग्रहण गर्न बोलाउने क्रममा राजेशले एउटा यस्तो शब्द प्रयोग गरे जुन शब्द सुनेर कार्यक्रम हलका सहभागी बिच कानेखुसी चल्यो ।
राजेशले जब ‘अहिलेका हट केक नायक’ भन्दै विमलेशलाई 'ड्यास'मा आसन ग्रहण गर्न बोलाए, हलमा सहभागी बिच हेराहेर चल्यो । विमलेश कसरी हट केक भए ? फिल्मको व्यस्तताले भन्ने हो भने ‘व्रेक फेल’ पछि भर्खर ‘मुटु’ प्रदर्शनमा आउँदैछ । राजेशले 'हट केक' भनिदिंदा विमलेश भने मख्ख थिए । म्यूजिक भिडियोमा व्यस्तता र चर्चाकै कारणले उनी 'हट केक' बने या भुलेर भनियो ? कानेखुसी चलिनै रह्यो ।

