नेपाली कथानक फिल्म 'चाल'को मंगलबार दोलखाको शैलेश्वरीस्थित भैसेमा शुभ मुहुर्त गरिएको छ । दोलखाका बिशिष्ट व्यक्तिहरूले आफ्नो स्थानमा मुहुर्त हुँदा खुसी व्यक्त गरे ।
फिल्म 'चाल'मा विशाल विष्ट, श्रीदेव भट्टराई, दिपिशा बिसी, विक्रम थापा, रश्मी भट्ट, प्रल्लाद खरेल, दिनेश अवाल, गोपाल बराइलीलगायतको अभिनय रहनेछ । राजु केसी प्रस्तुतकर्ता रहेको सो फिल्मलाई करण श्रेष्ठ क्रेजीले निर्माण गर्न लागेका हुन् । रूपेश उप्रेतीले निर्देशन गर्ने फिल्ममा कुमार महर्जनको द्धन्द्ध, रामसिंह नेपालीको संगीत र राज सरगमको गीत, कथा, पटकथा रहेको छ ।
फिल्मको ९० प्रतिशत दोलखाको शैलेश्वरी, पवर्टी, चरिकोटमा र १० प्रतिशत छायांकन राजधानीमा गरिने निर्देशक उप्रेतीले बताए । सामाजिक विषयबस्तुमा आधारित भनिए पनि फिल्ममा ग्रामिण भेगका कथाबस्तु समेटिएको छ । फिल्मको निर्माण लागत करिब ३५ लाख रूपैयाँ तय गरिएको छ ।

