Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

विल्सनले पर्दा पछिका कलाकारलाई जुत्ता बाँड्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/01/29

कलाकार विल्सन विक्रम राईले आफ्नो जन्मदिनमा अनौठो कार्य गर्ने भएका छन् । आज (माघ १५ गते) जन्मदिनको अवसर पार्दै विल्सनले पर्दा पछाडी रहेर काम गर्ने कलाकारलाई जुत्ता बाँड्ने भएका हुन् ।

 

नेपाली फिल्म ‘हमजाएगा’ सुटिङमा रहेका स्पोट ब्वोई, लाईट म्यान र कुक म्यानलाई आज साँझ विल्सनले जुत्ता बाँड्नेछन् । ‘हमजाएगा’ सुटिङको लागि विल्सन यतिखेर पोखरामा छन् । विल्सनको अपममिङ फिल्म ‘अधकट्टी’ का निर्देशक सुव्रत आचार्यले यो खबरको जानकारी गराएका हुन् । सञ्चारकर्मी समेत रहेका आचार्यका अनुसार 'ब्ल्याक हर्स' जुत्ता कम्पनीले विल्सनलाई पचास हजार बराबरको जुत्ता दिएको छ ।

 

विल्सन र संयम पुरीले ब्ल्याक हर्स कम्पनीले उत्पादन गर्ने जुत्ताको टेलिभिजन विज्ञापनमा खेलेका छन् । विल्सनलाई कम्पनीले जुत्ता किन दियो ? विल्सनको भनाईलाई उदृध गर्दै निर्देशक आचार्य भन्छन्- ‘विल्सन र संयमले विज्ञापन खेलेपछि ब्ल्याक हर्स जुत्ताको बिक्रिमा बृद्धि भएछ । कम्पनीलाई फाइदा भएपछि विल्सनलाई ब्ल्याक हर्सले पचास हजारको सट्टा जुत्ता उपलब्ध गराएको हो ।’

 

आचार्यका अनुसार अन्य सामाजिक संस्थालाई नाफामा पाएको जुत्ता बाँड्नु भन्दा आफ्नै कर्म थलोका पर्दा पछाडिका कलाकारलाई दिंदा उचित हुने ठानेर विल्सनले यस्तो गरेका हुन् । झापा जन्मथलो भएका विल्सन लामो समयको कठिन संघर्ष पछि यो स्थानमा छन् । ‘अधट्टकटी’ पश्चात ‘तक्मे बुढा लस्ट इन लण्डन’ फिल्मको सुटिङमा जाने तालिकामा रहेका विल्सन नेपाल तथा विदेशमा हुने स्टेज कार्यक्रममा सर्वाधिक डिमान्ड हुने कलाकार हुन् ।

 

फिल्मीखबर परिवार विल्सनलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।