Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटा काखमा अर्को गर्भमा

फिल्मीखबर, काठमाण्डौ, 2014/05/19

अभिनेत्री ऋचा घिमिरेको दोश्रो सन्तान हुने भएको छ । हाल अमेरिकामा रहेकी ऋचाले सामाजिक सञ्जाल फेसबुकमा दुई बर्ष पूरा भईनसकेको छोरो मिजासलाई काखमा च्याप्दै पेटमा गर्भ रहेको तस्बिर सार्वजनिक गरेकी छिन् ।

 

 

बताइए अनुसार ऋचाले केहि दिनमा नै दोस्रो सन्तानलाई जन्म दिदैछिन् । होम प्रोडक्सनको फिल्म ‘तुलसी’ प्रदर्शन गर्ने भनेर पति शंकर घिमिरेसँग ६ महिना अगाडी जसो अमेरिका पुगेकी ऋचाले सन्तान गर्भमा आएपछि डाक्टरी सल्लाहमा नेपाल फर्कने योजना रद्द गरेको बताएकी छिन् ।

 

नेपाल नर्फकनुमा गर्भमा रहेको सन्तानलाई कारण बनाएपनि घिमिरे दम्पती यतिबेला अमेरिकामा सेटलमेन्टको लागि संघर्ष गरिरहेको बुझिएको छ । शंकरले त्यहाँकै एक कम्पनीमा काम सुरु गरिसकेका छन् । ढुकुटीको लेनदेनमा समेत फसेका घिमिरे दम्पती नेपाल फर्कने कमै सम्भावना रहेको बताइन्छ ।