शनिबार सम्पन्न तेश्रो बक्स अफिस अवार्डमा सहभागी सेलिब्रेटी, पहिरन र सौन्दर्यको चर्चा चलिरहेको छ । अरु इभेन्ट्समा जस्तै उक्त अवार्डमा पनि अभिनेत्री करिश्मा मानन्धर पोशाक र सौन्दर्यका कारण सबैको आँखामा परिन् ।
.jpg)
अवार्ड सुरु हुनु भन्दा १ घण्टा अगाडी जसो गोदावरी निवासबाट सुन्धाराको आर्मी अफिसर्स क्लबमा सहयोगी ऋतु रानासँग पुगेकी करिश्मालाई त्यती राम्री बन्न कति समय लाग्यो होला ? आकर्षक हेयर स्टाइलसहित उपस्थित करिश्माकी सहयोगी ऋतुले मात्रै डेढ घण्टामाउक्त हेयर स्टाइल र मेकअप तयार भएको बताइन् ।
डेढ घण्टामै यति राम्री ? विगत २५ वर्षदेखि करिश्माको पर्सनल मेकअप आर्टिस्कको रुपमा रहँदै आएकी ऋतुले भनिन्, ‘दिदीको मन सफा छ । सफा मन हुनेहरु आफैं सुन्दर देखिन्छन् । दिदीको सौन्दर्यताको रहस्य पनि सफा मन नै हो ।’ सफा मन भएकी करिश्मा के डेढ घण्टामै त्यती सुन्दरी देखिइन् त ?

