Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

ऋचालाई के फाइदा ?

फिल्मीखबर, काठमाण्डौ, 2014/05/19

फिल्म क्षेत्रबाट विस्तारै विस्थापित हुन लागेकी अभिनेत्री ऋचा सिंह ठकुरीका दुई साता लगालग हलमा फिल्म प्रदर्शन भए । ‘माया गर ल’ र ‘खुड्किलो’ ऋचाका लगालग प्रदर्शन भएका फिल्म हुन् ।

 

'माया गर ल'ले दर्शकको माया पाएन । गत प्रदर्शनरत ‘खुड्किलो’ फिल्मले खुड्किलो नचढ्ने पक्का । ऋचाको फर्काइले फिल्म बजारमा कुनै अर्थ राखेन । ऋचा अभिनित दुवै फिल्मको व्यापार अत्यन्त न्यून रह्यो । दुई फिल्मको यस प्रकारको व्यापारले ऋचाको फिल्म करिअरलाई प्लस भन्दा माइनस गर्यो ।

 

फिल्मको व्यापारसँग कलाकार पनि प्रत्यक्ष करिअर जोडिएको हुन्छ । अझ अस्तित्व संकटमा रहेका कलाकारको हकमा फिल्मको सुखद् व्यापारले बढी अर्थ राख्छ । ‘नाईं नभन्नू ल’ र ‘म तिम्रो भैसकें’ जस्ता फिल्ममा अभिनय गरेकी ऋचा अहिले फिल्मबाट फुर्सदमा छिन् । यी फिल्मले ऋचाको फुर्सदलाई व्यस्ततामा परिणत गर्न पक्कै कठिन पार्नेछ ।