Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आधा रातमा केक काटे आर्यनले

फिल्मीखबर, काठमाण्डौ, 2014/08/05
अभिनेता आर्यन सिग्देलले आधा रातमा केक काटेका छन् । अभिनेता आर्यन सिग्देलको अगस्ट ५ तारिखका दिन जन्मदिन हो । जन्मदिनको अवसरमा आर्यनलाई उनकी श्रीमती सपनाले सरप्राईज बर्थडे केक दिईन् । मस्त निन्द्रामा रहेका आर्यन उठे अनि केक काट्दै भने, 'लभ यू बुढी ।'
 
 
फिल्म ‘नाइके’ को स्वराङ्कन र फिल्म ‘अलबिदा’को सम्पादन कक्षमा व्यस्त आर्यनले भने, ‘केक काटेर जन्मदिन मनाउने गरेको छैन । तर राती नै सपनाले सरप्राईज बर्थडे केक दिएपछि निकै खुसी छु ।’ प्रेमिका पत्नी सपना भण्डारीले आर्यनलाई जन्मदिनमा सबैभन्दा पहिला ‘विस’ गरिन् । 
 
फिल्म ‘किस्मत’ बाट नेपाली रजतपटमा प्रवेश गरेका आर्यनले झन्डै २ दर्जन फिल्ममा अभिनय गरेका छन् । ‘डेव्यु’ फिल्म ‘किस्मत’ सहित आर्यन अभिनित ‘हिफाजत’, ‘कसले चोर्यो मेरो मन’, ‘मेरो एउटा साथी छ’, ‘आइ एम सरी’, ‘नोभेम्वर रेन’ जस्ता फिल्मले आर्यनलाई चर्चामा दिए । 
 
आर्यन अभिनित ‘नाइके’, ‘अलबिदा’, ‘पुर्नजन्म’ लगायतको फिल्महरु प्रदर्शनको क्रममा छन् । चकलेटी नायकको रुपमा परिचित आर्यनको आगामी ‘करिअर’ सुखद् रहोस्, शुभकामना ! 
Most Visited News (monthly)