Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चमेलीको पोइ’को ‘माया मान्छौ र’ गीतमा झल्कियो सुरक्षा र मुकुनको प्रेम

फिल्मीखबर, काठमाडौं, 2026/09/10

Surakshya Panta, Mukun Bhusal

 

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’को दोस्रो गीत ‘माया मान्छौ र’ सार्वजनिक गरिएको छ । आशिष अविरल र मेलिना राईको युगल गायन रहेको गीतमा आशिष स्वयंको संगीत तथा एकनारायण भण्डारीको शब्द छ । आशिष र एकनारायणले यसअघि सहकार्य गरेको ‘काले केटाले’ बोलको गीत सर्वाधिक चर्चित छ ।

हिमाल पारीको जिल्ला मुस्ताङमा छायांकन गरिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी मुकुन भुसाल र सुरक्षा पन्त देखिएका छन् । उनीहरूबीचको प्रेमलाई भिडियोमा दर्शाउन खोजिएको छ । शेरबहादुर तामाङको छायांकन रहेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । मुस्ताङका मनमोहक हिमाली दृश्यले भिडियोमा छुट्टै सौन्दर्य थपेको छ । 

आगामी असोज १६ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्ममा मुकुन र सुरक्षासहित नारायण त्रिपाठी, विल्सन विक्रम राई, उमेश राई, रवीन्द्र झा, गणेश गौतम, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ । ‘प्रेम चरो’को रूपमा परिचित त्रिपाठीले यही फिल्मबाट दुई दशकपछि कमब्याक गरेका हुन् ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्मातामा सुनिता सापकोटा र राम नारायण उपाध्याय रहेका छन् भने उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्मातामा छन् । फिल्ममा बन्दे प्रसादको सम्पादन, एभरेष्ट सूर्य बोहरा र शिवम् अधिकारीको लेखन, सहास शाक्यको पार्श्व ध्वनी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।