Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साउनमै आउने भयो ‘सपना तिम्रो मेरो’

फिल्मीखबर, काठमाडौं, 2015/06/26

 फिल्म ‘सपना तिम्रो मेरो’का निर्माताले ठूलै आट गरेका छन् । चलचित्र संघले निर्मातालाई असार र साउनमा फिल्म चलाएको खण्डमा ५० प्रतिशत शेयर दिने भन्दै फिल्म चलाउन प्रोत्साहित गरेपनि निर्माता तातेका थिएनन् ।  तर, फिल्म ‘सपना तिम्रो मेरो’का निर्माताले भने साउन २२ गते नै फिल्म चलाएर जोखिम मोलेका छन् ।

 

निर्देशक तथा लेखक ऋषिराज आचार्य रहेको यो फिल्ममा सविन श्रेष्ठ, सुशान्त कार्की र जान्वी बोहरा मुख्य भूमिकामा छन् । फिल्मले त्रिकोणात्मक प्रेमकथाको बिषयलाई उठाएको छ । नयाँ फिल्म चलाउन निर्माताले आँट नगर्दा फिल्म क्षेत्र नै शून्य भएको भन्दै आफू तम्सिएको निर्देशकको भनाई छ । फिल्ममा राहुल राइको छायांकन अर्जुन पोख्रेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्म २ हप्ता एकल रुपमा हलमा लाग्नेछ ।

Most Visited News (monthly)