Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

जीवन र आर्यनको एउटै गेटअप कहिलेसम्म ?

फिल्मीखबर, काठमाडौं, 2015/06/28

नेपाली फिल्मका लागि अब अभिनेता आर्यन सिग्देल र जीवन लुइटेलले यो फिल्ममा काम गरे, गर्दैछन् भन्ने कुरा खासै नौलो भएन । कारण बर्षमा निर्माण हुने करिब २ दर्जन फिल्ममा यी दुइ नै देखिने पक्का जस्तै हो । अभिनेताको अभाव हुँदै गर्दा जीवन र आर्यनमा फिल्मको चाप बढ्नु स्वभाविक पनि हो ।

 

तर, दुई चर्चित अभिनेताका लागि दर्शक पर्खाइमा रहनुपर्ने कारण के त ? फिल्म क्षेत्रमा प्रवेश गरेसँगै अभिनेता आर्यन सधै नै आफ्नो नक्कली कपाल र दाह्रीमा देखिदै आएका छन् । आर्यनलाई चकलेटी भूमिका सुहाएको भनिएपनि केही फिल्ममा उनी नाइके र प्रहरी बन्ने कोशिश गरे । तर, रोचक कुरा के थियो भने आर्यनले नाइके र प्रहरी बन्दा पनि आफ्नो गेटअप परिवर्तन गरेनन् । उनी नक्कली कपाल र दाह्रीमा नै देखिए ।

 

नाइके बन्दा न त उनले सिक्स प्याक्स निकाले न त डन शैलीको कुनै अवतार नै प्रस्तुत गरे । अहिले जीवन र आर्यनलाई लिएर फरक गेटअपमा फिल्म बनाउने भन्दा पनि फिल्म बनाउनेको संख्या बढी छ । जसले गर्दा दुई अभिनेताले काम गरेका छन् तर नौलो कुरा दिन सकेका छैनन । फिल्म ‘नाई नभन्नु ल’ मा अभिनेता जीवन लुइटेलले काम गर्दा उनको कपाल धेरै झरिसकेको थियो । तर, पछि नक्कली कपाल लगाएपछि जीवन पनि आर्यन शैलीमै देखिए ।

 

दर्शकले जीवन र आर्यनको फिल्म आउँदैछ भन्ने जानकारी पाए पनि नयाँ के छ भन्ने प्रश्नको जवाफ पाएका छैनन् । गेटअप, शैली उस्तै हुँदा जीवन र आर्यनलाई किन कुर्ने भन्ने दर्शक पनि बढेका छन् । दुई अभिनेताले अब यसतर्फ पनि ध्यान दिने हो कि ?
 

Most Visited News (monthly)