Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

आयो ‘भैरव’ को ट्रेलर, देखियो साउथ फ्लेबर

फिल्मीखबर, काठमाडौं, 2015/06/25

निखिल उप्रेतिको कमब्याक गराउने मानिएको फिल्म ‘भैरब’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टोलीले बिहीबार साँझ फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा निखिललाई आफ्नो छवि अनुरुप एक्सन गरिरहेका दृश्यलाई समावेश गरिएको छ । र सार्वजनिक ट्रेलरमा साउथका फिल्मको झल्को देख्न सकिन्छ ।

 

ट्रेलर हेर्दा निखिलको फिल्ममा दर्शकले खोज्ने खुराक प्रशस्त रहेको अनुमान गर्न सकिन्छ । फिल्म लामो समयपछि खलअभिनेता मुरलीधरलाई देख्न सकिन्छ । ५०को दशकमा लोकप्रिय रहेका मुरलीधर आजभोलि नेपाली फिल्ममा बिरलै देखिन्छन् । मुरलीधरलाई मधेशको दादाको रुपमा चित्रण गरेको देख्न सकिन्छ ।

 

फिल्ममा अनु शाहले निखिलको जोडी भएर अभिनय गरेकी छिन् । बिहीबार सार्वजनिक ट्रेलरमा अनुका दृश्य छैनन् तर निर्माण टोलीले चार दिनपछि फिल्मको बिस्तारित ट्रेलर सार्वजनिक गर्दैछ । सम्भवत अनु त्यो ट्रेलरमा अटाउनेछिन् । सञ्चितासँग दोस्रो विवाह गरेपछि मुम्बई पलायन भएका निखिल करिब ५ वर्षपछि नयाँ फिल्ममा देखिन लागेका हुन् ।

हेर्नुस् ट्रेलर

 

 

Most Visited News (monthly)