Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लाग्यो वान साइड लभ

फिल्मीखबर, काठमाडौं, 2015/07/03

वैशाख ११ पछि नयाँ फिल्म प्रदर्शनमा नआएको समयमा आजबाट कपिल खत्रीको  निर्माणमा बनेको फिल्म वान साइड लभ हलमा लागेको छ । निर्माता खत्रीले समय अनुसार फिल्मको ओपनिङ राम्रो भएको बताए ।



एकहोरो प्रेममा देखिने विभिन्न खालका बिषयलाई फिल्मले उठान गरेको छ । निर्माता खत्रीले जोखिम मोलेर फिल्म हलमा लगाएको बताए । देवेन्द्रराज पाण्डेको निर्देशनमा बनेको यो फिल्ममा सविना कार्की, विनिता घिमिरे, कपिल खत्री मुख्य भूमिकामा छन् ।

 

फिल्म वान साइड लभबाट आफ्नो पुरानो बिग्रिएको छवि सुधारिनेमा अभिनेत्री सविना कार्की पनि ढुक्क देखिएकी छिन् । फिल्मको प्रचारमा उनी मात्र लागेको देखिएको छ । हलमा नयाँ फिल्म आउँदा दर्शक पनि उत्साहित देखिएका छन् ।

Most Visited News (monthly)