वैशाख ११ पछि नयाँ फिल्म प्रदर्शनमा नआएको समयमा आजबाट कपिल खत्रीको निर्माणमा बनेको फिल्म वान साइड लभ हलमा लागेको छ । निर्माता खत्रीले समय अनुसार फिल्मको ओपनिङ राम्रो भएको बताए ।
एकहोरो प्रेममा देखिने विभिन्न खालका बिषयलाई फिल्मले उठान गरेको छ । निर्माता खत्रीले जोखिम मोलेर फिल्म हलमा लगाएको बताए । देवेन्द्रराज पाण्डेको निर्देशनमा बनेको यो फिल्ममा सविना कार्की, विनिता घिमिरे, कपिल खत्री मुख्य भूमिकामा छन् ।
फिल्म वान साइड लभबाट आफ्नो पुरानो बिग्रिएको छवि सुधारिनेमा अभिनेत्री सविना कार्की पनि ढुक्क देखिएकी छिन् । फिल्मको प्रचारमा उनी मात्र लागेको देखिएको छ । हलमा नयाँ फिल्म आउँदा दर्शक पनि उत्साहित देखिएका छन् ।