मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कार दुर्घटनामा हेमा मालिनी घाइते

फिल्मीखबर, काठमाडौं, 2015/07/03

बिहिबार राती भएको सडक दुर्घटनामा बलिउडकी चर्चित अभिनेत्री हेमा मालिनी गम्भिर घाइते भएकी छिन् । उनको टाउकोमा चोट लागेको छ । हेमा मालिनी चढेको कार अर्को अल्टो कारसँग ठक्कर खाँदा दुर्घटना भएको हो । हेमाको कारले ठक्कर दिदा अल्टो कारमा रहेकी एक बालिकाको निधन भएको छ । प्रत्यक्षदर्शीका अनुसार हेमाको मर्सिडिज कार तेज गतीमा आएर अल्टो कारसँग ठोक्किएको थियो ।

 

हेमा मालिनी सहित अर्को कारमा रहेका ५ जना घाइते भएका छन् । घटनापछि हेमाको कार चलाउने ड्राइभर महेश ठाकुरलाई प्रहरीले समातेको छ । हेमाले पनि घटनापछि संवेदनाहिन व्यवहार देखाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।



घटना लगतै हेमा अर्को कारमा चढेर अस्पताल पुगेकी थिइन् । उनले दोश्रो कारमा रहेका मानिसहरुलाई अस्पताल लैजान आवश्यक ठानिन् । घायल यात्रीहरुका अनुसार यदि बच्चाको समयमा उपचार भएको भए उनको निधन हुँदैनथ्यो । तर, हेमाले बच्चीलाई अस्पताल लैजान आवश्यक ठानिन् । हेमाको नाकमा ४ टाका लगाइएको छ ।