मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कसम खाँदै’ फर्किए प्रेम परियार

फिल्मीखबर, काठमाडौं, 2015/07/04

दुई वर्षदेखि गायनबाट पर रहेका प्रेम परियार पुनः गायनमा सक्रिए भएका छन् । फिल्म ‘नाई नभन्नु ल२’मा तीन गीत गाएर रातारात चर्चित बनेका प्रेमले ‘नाई नभन्नु ल ४’मा गीत गाउँदै पुनरागमन गरेका हुन् । शनिबार नक्साल स्थित एकोस्टिक स्टुडियोमा उनले बसन्त सापकोटाको संगीतमा ‘कसम हामीले’ र ‘उत्तरमा छन् है बुढाहाङ’ रकेर्ड गरे । दुवै गीतमा बिकास आचार्यका शब्द छन् ।  


‘नाइँ नभन्नू ल’को तेस्रो शृंखलामा नअटाएका उनले चौथो शृंखलामा गाउन पाउँदा खुशी लागेको बताए । ‘तेस्रो शृंखलामा चाहेर पनि गाउन स्वरले साथ दिएन । स्वर ठिक भएकाले चौथोमा गाएको हुँ,’ १५ वर्षीय प्रेमले भने ।  भोकल कर्ड चेन्ज भएपछि प्रेमले गीत गाएका थिएनन् तर स्रोताले उनको स्वर खुबै खोजेका थिए ।


गायनमा फर्किए पनि उनको स्वर अझै पूर्ण रुपमा फिट भइसकेको छैन । हाई रेन्जमा जाँदा स्वर फाट्न समस्या छँदैछ । तर स्रोताले प्रेमको खोजी गरेका हुनाले थोरै समस्याका बावजुद पनि प्रेमलाई नै गाउन लगाएको संगीतकार वसन्तले बताए । दोस्रो शृंखलामा अनुभव रेग्मीका लागि सुहाउने स्वरको खोजी भईरहँदा प्रेमले फिल्ममा गाउने मौका पाएका थिए ।  चौथो शृंखलामा पनि प्रेमको स्वर अनुभव रेग्मीकै लागि रेकर्ड गरिएको फिल्म निर्देशक बिकास आचार्यले बताए ।

 

 

प्रेमले दुई गीत गाएसँगै ‘नाइँ नभन्नू ल ४’का पाँचमध्ये चार गीत रेकर्ड भइसकेका छन् । यसअघि फिल्ममा राजेशपायल राई, रजिना रिमाल र प्रह्लाद तिमल्सिनाले गीत रेकर्ड गराईसकेका छन् । फिल्मको सुटिङ भदौको पहिलो सातामा सुरु हुनेछ ।