मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डको मापदण्डले निम्त्यायो बहस

फिल्मीखबर, काठमाडौं, 2015/07/03

फिल्म विकास बोर्डले असार १ गतेबाट लागू हुने भन्दै फिल्म मापदण्ड जारी गरेपछि अहिले यसले फिल्म क्षेत्रमा चर्को रुप लिने संकेत मिलेको छ । बोर्डले सुटुक्क मापदण्ड लागू गरेपछि अहिले यसको पक्षमा र विपक्षमा फिल्मीकर्मी पनि देखिएका छन् ।



बोर्डले नव प्रवेशी निर्माता र नव प्रवेशी निर्देशकका हकमा मापदण्ड ल्याएको हो । बोर्डले ल्याएको मापदण्ड कडाइका साथ लागू भएको खण्डमा जोपनि निर्माता बन्ने र अनुभव नै नबटुली निर्देशक बन्ने प्रथा रोकिने देखिन्छ ।



तर, यसले निर्देशकको सिर्जनामाथि ठाडो हस्तक्षेप गरेको आरोप लगाउनेहरु पनि देखिएका छन् । यो मापदण्डले नेपाली फिल्म क्षेत्रमा नयाँ र पुराना पुस्ताविचको खाँडल अझै बढ्ने अड्कल काटिएको छ । नयाँ पुस्ताका निर्माता र निर्देशकले यसको विरोध गरिरहेका छन् भने पुराना पुस्ताकाले समर्थन गरेको देखिन्छ ।



निर्देशक बन्नका लागि ५ वटा फिल्ममा सह निर्देशक र मुख्य सहायक निर्देशक भएर काम गरेको हुनुपर्नेछ । निर्माताका हकमा अझ मापदण्ड कडा छ । यसैले बोर्डले ल्याएको मापदण्ड विवाद र बहसको घेरामा रहँदै अदालतसम्म पुग्न सक्ने देखिएको छ ।