मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.00/5.00)
Text size:-
+
-

निखिलले लुकाए अनुलाई

फिल्मीखबर, काठमाडौं, 2015/07/02

अभिनेता निखिल उप्रेती अहिले चर्चामा छन् । उनको निर्देशनमा बनेको फिल्म भैरव भदौ ११ गतेबाट प्रदर्शन हुने भएपछि उनको चर्चा हुनु स्वभाविक नै हो । निखिलले निर्देशन तथा अभिनय गरेको फिल्म भैरव द्धन्द्धात्मक हो भन्ने त यसको ट्रेलर हेरेर पनि थाहा हुन्छ । तर, फिल्ममा अभिनेत्री अनु शाहको पनि मुख्य भूमिका छ ।



तर, अनुलाई निखिलले लुकाइदिएका छन् । अनु फिल्मको ट्रेलरमा कही कतै पनि देखिएकी छैनन् । निखिल पूर्ण रुपमा हाबी भएको युटुब ट्रेलरमा अनु नभएपछि अहिले धेरै खाला प्रश्न उब्जिएका छन् । निखिलले अनुलाई प्रमोशनमा नल्याउन चाहेको पनि हुनसक्छ । ट्रेलरपछि निखिलले आफू र केही कलाकार मात्र नृत्य गरेको गीत सार्वजनिक गरे । निखिल र अनुलाई देखाएको गीत फिल्ममा समावेश छ, तर त्यो गीत कहिले सार्वजनिक हुन्छ, टुंगो छैन ।



भैरवलाई लिएर अभिनेत्री अनु शाह उत्साहित छिन् । तर, प्रमोशनका लागि फ्याकिएका सामाग्रीमा आफ्नो अस्तित्व नै नदेखिएपछि अहिले उनी निराश भएको हुनुपर्छ ।निखिलले द्धन्द्धात्मक फिल्म भएकाले अभिनेत्रीलाई अगाडि सार्न नचाहेको पनि हुनसक्छ ।