Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेलायतमा तिन घुम्ती

फिल्मीखबर, काठमाडौं, 2015/07/02

बाबुराम ढकालको निर्देशनमा तयार भएको फिल्म तिन घुम्ती बेलायतमा देखाइने भएको छ । बेलायतमा अगष्ट २२ तारिखमा फिल्मको रेड कार्पेट प्रिमियर गरिनेछ । रेड कार्पेट प्रिमियरमा निर्देशक बाबुराम ढकाल सहभागी हुनेछन् ।



बेलायतमा बस्दै आएका फिल्मका कलाकार ध्रुव दत्तले यसको प्रिमियर गर्न लागेका हुन् । प्रिमियरपछि फिल्मको प्रदर्शन वेलायत र स्कटल्याण्डका विभिन्न स्थानमा गरिनेछ । भुकम्पका कारण मारमा परेका नेपालीका लागि फिल्मको शो गरिने कलाकार दत्तले बताए ।

 

फिल्म तिन घुम्तीमा सामिप्यराज तिमिल्सिनाको पटकथा, रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको नृत्य छ । फिल्ममा धु्रव दत्त, गरिमा पन्त, सुशान्त कार्की मुख्य भूमिकामा देखिएका छन् । फिल्मको कथावस्तु स्वर्गिय नेता एवं साहित्कार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृती तिन घुम्तीमा आधारित रहेर तयार पारिएको हो ।

Most Visited News (monthly)