यो शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको फिल्म 'च्याम्पियन'क रिलिज पोष्टपोण्ड भएको छ । सेन्सरको लागी चलचित्र विकास वोर्डले अनुमति नै नदिएपछि फिल्मको रिलिज रोकिएको हो ।
फिल्ममा सुरुवाती चरणमा कलाकारको रुपमा अनुबन्ध भएका उद्धव नेपाललाई क्रिकेट खेल्न नजान्ने भएपछि हटाई दिक्पाल कार्की राखिएको विषयमा निजले आफ्नो मानहानी भएको भन्दै क्षतिपुर्ती सहितको उजुरी वोर्डमा दर्ता गराएपछिको उत्पन्न लफडाले फिल्मले सेन्सर ईजाजत पनि पाएको छैन् ।
यो सबै समस्या टुंगो लागेपछि वितरकहरुसँगको सल्लाहमा नयाँ रिलिज मिति तय गरिने निर्माण टिमले बताएको छ । संभवतः समस्या सबै निराकरण भएको खण्डमा यो फिल्म फागुन २८ मा रिलिज हुनेछ । क्रिकेटरको कथा बोल्ने दिक्पाल कार्की लिड रोलमा रहेको फिल्ममा बिबि फुयाँलको निर्देशन छ ।

