Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोलको अभिनयलाई आमेशको कति टक्कर ?

फिल्मीखबर, काठमाडौं, 2016/02/25
फागुन २१ मा दुई फिल्मको रिलिज पक्का हुँदा निर्देशनको पाटोबाट दिनेश डिसी र भुवन केसीको भिडन्त मात्रै हुँदैछैन्, युवा स्टारको उपमा पाईसकेका भुवनपुत्र अनमोल केसी र डिसीले भित्र्याएका नयाँ अभिनेता आमेश भण्डारीको पनि पर्दामा राम्रो प्रतिस्पर्धा हुनसक्छ । व्यापारिक रुपमा जसले बाजी मारेपनि अभिनयगत हिसाबले को दमदार देखिन्छ त्यो हेर्न लायक हुनेछ । 
 
 
'फूलैफूलको मौसम तिमीलाई'बाट आमेशले नेपाली फिल्म उद्योगको लागी नयाँ अभिनेताको छाप छाड्नसक्छन् । सार्वजनिक ट्रेलरले पनि उनीमा केहि संभावना देखाईसकेको छ, तर लगातार दुई फिल्म हिट दिईसकेका ' ड्रिम्स' अभिनेता अनमोलसँगको प्रतिस्पर्धा उनलाई प्रतिष्ठाको लडाईं पनि बन्नसक्छ ।
 
त्यसो त अनमोललाई दिनेश डिसीले अभिनय कमजोर भएको आरोप लगाईसकेका छन् । तर यो बिषयलाई खण्डन गर्दै अनमोलले 'गुड लुक्स'वाला अभिनेताको अभिनयलाई लुक्सले खाईदिने भन्दै आफुलाई अभिनय गर्नै नआउने भएको भए किन दर्शकले पत्याए त भन्ने प्रतिप्रश्न तेर्साईसकेका छन् ।
 
 मिडिया हाईपको हिसाबले दुबै फिल्मले एक हाईट लिईसकेका छन् तर  यसअघि दर्शकले रुचाईसकेका अनमोलसँग नव अभिनेता आमेशको टक्कर सहज भने हुनेछैन्, तर उनले पहिलो प्रयासबाट नै आफुलाई दख्खल अभिनय क्षमता बोकेको अभिनेताको रुपमा प्रमाणित गर्नसक्छन्, यसको लागी भने फिल्ममा उनले कस्तो काम गरेका छन् त्यो नै महत्वपुर्ण पाटो बन्नेछ ।
Most Visited News (monthly)