बलिउड अभिनेता सञ्जयदत्त जेलमुक्त भएका छन् । सन् १९९३ को बम धमाकामा अवैधरुपमा हतियार राखेको अभियोगमा दोषी ठहर भएपछि जेल परेका उनी सजाय सकिएसँगै बिहिबार बिहान जेलबाट बाहिरिएका हुन् । पुणेस्थित यरवडा जेलबाट बाहिरिँदै गर्दा सञ्जयले जेललाई सलाम ठोके ।
जेलबाट बाहिरिँदै गर्दा उनलाई लिनको लागी पत्नि मान्यता दत्त यरवडा पुगेकी थिईन् । जेलबाट बाहिरिएसँगै उनी अहिले मुम्बई पुगेका छन् । त्यहाँ उनले सिद्धीबिनायकको मन्दिरमा दर्शन तथा पुजा गर्ने र त्यसपश्चात उनी आमाको समाधि रहेको मेरिन लाइन्स गएपछि मात्र घर जाने कार्यक्रम रहेको बलिउड अनलाईनहरुले लेखेका छन् ।
त्यसो त यसअघि नै उनि जेलबाट निस्किँदै गर्दा सुरु गर्ने फिल्म प्रोजेक्ट तयार भईसकेको छ । विभिन्न निर्माता निर्देशकहरुले उनलाई आफ्नो फिल्ममा अनुबन्ध गराउन कसरत गरिरहेको समाचार यसअघि नै सार्वजनिक भएको थियो । हेरौं जेल पुर्वको उनको करियर र जेलजीवन बिताएपछिको करियरमा केहि भिन्नता देखिन्छ या देखिन्न, त्यो समयले बताउला ।

