Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३ सय ५० करोडमा बन्दैछ अक्षयकुमार र रजनिकान्तको यो फिल्म

एजेन्सी, मुम्बई, 2016/02/24
बलिउड स्टार अक्षयकुमार र रजनिकान्त स्टारर फिल्म 'रोबोट २' को सुरुवाती बजेट ३ सय ५० करोड तय भएको छ । हिन्दी र तमिल भाषामा तयार हुने यो फिल्मको बजेट ऐतिहासिक भनिएको छ । 
 
पब्लिसिट बिना नै साढे तीन सय करोडको लागतमा बन्ने भनिएको यो फिल्माम निर्देशक देखी रजनिकान्त र अक्षयकुमारसम्मको पारिश्रमिक १ सय ३० करोड रहने बताइएको छ । फिल्मलाई शंकर बी ले निर्देशन गर्दैछन् । साउथ शैलीको फिल्मलाई २०१७ को अप्रिलमा दर्शकमाझ ल्याईने प्राप्त खबरमा उल्लेख छ ।
 
दिल्लीमा क्लाईमेक्स खिचिने भनिएको यो फिल्मको क्लाईमेक्सको लागी मात्रै ४५ दिन कलाकारहरुबाट निर्माण टिमले लिएको छ । फिल्मको सुटिङ आउँदो मे र जुनमा हुने बताईएको छ ।
Most Visited News (monthly)