Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'पशुपतिप्रसाद'बाट बर्षा शिवाकोटीले के पाईन् ?

फिल्मीखबर, काठमाडौं, 2016/02/26
कम बजेटमा पनि राम्रो अनि स्तरिय फिल्म बनाउन सकिन्छ भनेर 'पशुपतिप्रसाद'बाट प्रमाणित गरेका निर्देशक दिपेन्द्र के खनाल फेरी एकपटक सफल बने । सिँगल थिएटरमा जम्न नसकेको यो फिल्मले मल्टिप्लेक्समा राम्रो दर्शक बटुल्यो । फिल्मले पहिलो हप्ता भन्दा दोश्रो हप्ता माउथ पब्लिसिटीले दर्शक बढायो । 
 
तर यो फिल्मबाट निर्देशक खनालले राम्रै प्रशंसा भेट्दा यससँग जोडिएका कलाकारहरुलाई के फाईदा पुग्यो त ? चर्चा गर्न लायक छ । 'टलकजंग भर्सेज टुल्के'बाट उदाएका खगेन्द्र लामिछानेले आफ्नो अभिनयलाई दोश्रो पटक पनि प्रमाणित गरे । फिल्मसँग जोडेर उनले पनि तारिफ भेटे ।
 
तर अभिनेत्रीको उपमा बोकेकी बर्षा शिवाकोटीलाई भने यो फिल्म रिलिजले खासै छाप छाडेको भेटिन्न । बोल्न नसक्ने पात्रको भूमिका निभाएकी बर्षालाई फिल्मको ट्रेलरमा नै 'एक, दुई सट' मात्रै देखाएका निर्देशकले फिल्म प्रचारमा पनि खासै अघि ल्याएनन् । 'पशुपतिप्रसाद'सँग जोडेर खगेन्द्रको जति चर्चा भयो, निर्देशकको जति तारिफ भयो, त्यसको छेउसम्म पनि बर्षा पुगिनन् । एउटा राम्रो फिल्मसँग जोडिएकी हिरोईन् भनेर गिन्तीगर्नु बाहेक उनको अरु नयाँ परिचय बनेन् ।
 
पछिल्लो समय 'मौन' तथा 'दृष्टीबिहिन' जस्तो चुनौतीपुर्ण भुमिकामा खराट अभिनय गरेर धेरै अभिनेता अभिनेत्रीहरुले प्रमाणित गरेको समयमा बर्षा पनि अघि आएको खण्डमा उनको पक्षमा राम्रो माहोल बन्न सक्थ्यो, तर अबस्था त्यो रहेन् ।
 
बर्षासँग जोडेर चर्चा पनि कहिँकतै नहुनु अनि निर्माण टिमले पनि उनी भन्दा खगेन्द्रलाई अघि सार्दा 'कन्टेन्ट' बिक्ने देखेर बर्षालाई खासै महत्व नदिनु नै उनको लागी घाटाको बिषय बन्यो । 'नाई नभन्नु ल २' बाट फिल्मीपर्दामा पहिलो पटक अनुहार देखाएकी बर्षा त्यसपश्चात म्युजिक भिडियोमा राम्रै जमे पनि फिल्मको खास हिरोईन् को छाप छाड्न भने उनले अझै केहि फिल्म पर्खिनपर्ने देखिन्छ ।
 
Most Visited News (monthly)