Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजविराज पुग्यो `मेरो देश`

फिल्मीखबर, काठमाण्डौ, 2016/02/25
राजनैतिक खिचातानीले देशको समग्र अवस्था कमजोर भइरहेको बेलामा देशको चिन्ता गर्नेहरु बढ्दै गएका छन् । मुलुकको समग्रस्थिति कमजोर भएको भए पनि राष्ट्रियताप्रति समर्पित भन्दै एक समूह `मेरो देश` बनाउन लागिरहेको छ ।  
 
`मेरो देश` बनाउने समूह यतिबेला काठमाडौंबाट राजविराज पुगेका छन् । निर्माणाधिन फिल्म 'मेरो देश' देशले मुलुकमा प्रजातन्त्र स्थापना भएको दिन फागुन ७ गतेदेखि निर्माणको थालनी गरेर धुलिखेल, भकुन्डेबसी, नेपालथोक, सिन्धुली, खुर्कोट, बर्दिबास हुँदै राजविराजसम्म छायाँकनको यात्रा तय गरेको हो । 
 
प्रभाकर सापकोटा, उदय सापकोटा र पार्वती मैनाली निर्माता रहेको उक्त फिल्मको लेखन तथा निर्देशन देब नेपालले गर्दै छन् । निर शाह, निशा अधिकारी, आयुष रिजाल, प्रज्वल गिरी, एमी श्री, ध्रुव कोइराला लगायतको अभिनय रहेको यो फिल्ममा बी.बी. अनुरागीले संगीत दिएका छन् । 
 
त्यस्तै 'मेरो देश'को कथा तथा गीत उदय सापकोटा(सुरेन)को रहेको छ भने द्वन्द्व राजुु किराँतको रहेको छ । रविन्द्र बरालको छायाँकन रहेको यो फिल्ममा सन्ध्या पौडेलको नृत्य निर्देशन छ । फिल्म ब्रोसिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिदै छ । 
Most Visited News (monthly)