पछिल्लो समय अभिनेत्रीहरुले गायनमा रुची बढाउँदै गर्दा रेखा थापादेखी प्रियंका कार्की हुँदै पूजा शर्मासम्मले गायनमा पाइला अघि बढाए । यो भिडमा अर्की अभिनेत्री नम्रता श्रेष्ठ पनि थपिएकी छिन् । नम्रताले पछिल्लो रिलिज आफ्नै फिल्म 'क्लासिक'को कभर सङ्ग गाएकी छिन् ।
मेलिना राईको स्वर रहेको 'क्लासिक'को 'प्रकृतिका सुन्दर' बोलको गीतको कभर सङ्ग नम्रताले गाएको युट्युवमा अपलोड भएको भिडियो बोल्छ । फिल्मभित्र लिप्सिङ मात्रै दिएकी नम्रताले फिल्मको व्यापारिक सफलतासँगै कभर गायनमा पनि रुची बढाएकी हुन् ।
दिनेश राउत निर्देशित फिल्ममा नम्रतासँगै आर्यन सिग्देल लिड रोलमा छन् । सुबास गिरी निर्मित फिल्म अहिले प्रदर्शनको तेस्रो हप्तामा चलिरहेको छ । फिल्म भ्यालेन्टाईन लक्षित गर्दै माघ २९ मा रिलिज भएको थियो ।
भिडियोः

