Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोमान्टिक लभस्टोरीमा अब्बल सुदर्शन

फिल्मीखबर, काठमाडौं, 2016/02/26
सुदर्शन थापाले निर्देशनमा हात हाल्दै ५ बर्ष पहिले  'मेरो एउटा साथी छ'मा एक्शन कट गर्दा पहिलो पटक नै उत्कृष्ट ठहरिए । डेब्यु निर्देशकको अवार्ड मात्र पाएनन् उनको कामको चौतर्फी तारिफ पनि भयो । एक समय थियो, राम्रो फिल्म बनाउँछु अनि राम्रो फिल्मममा लगानी गर्छु भन्ने निर्माताहरु सुदर्शनसँग ठोक्किन पुग्थे । 
 
तर त्यसपश्चात अन्य केहि फिल्म गर्दा पनि उनले पहिलो फिल्मको जत्तिको हाईट लिन सकेका थिएनन् । तर उनको काम भने फिल्म 'धन्दा'बाट पनि प्रमाणित हुँदा निर्देशकदेखी उत्कृष्ट अभिनेतासम्मको अवार्ड यो फिल्मले उचाल्यो ।  पछिल्लो रिलिज फिल्म 'प्रेमगीत'ले सुदर्शनलाई फेरी प्रमाणित गरेको छ कि लभस्टोरी जनराको फिल्ममा नै सुदर्शन फिट छन् ।
 
जब माघ २९ रिलिजको दुई दिन पहिले राजधानीमा फिल्म 'प्रेमगीत'को प्रिमियर सम्पन्न भयो त्यसपश्चात निर्देशकिए पाटोबाट सुदर्शनले तारिफ भेटे । अनि फिल्म क्षेत्रका अब्बल नामहरु भन्दैथिए, 'सुदर्शन थापा आफ्नो वे मा फर्के, प्रेमगीत उत्कृष्ट फिल्म ।'
 
तेस्रो हप्ता रिलिजको क्रममा रहेको फिल्मले व्यापारिक रुपमा सफलता त पाईसक्यो नै निर्देशक थापालाई पनि यो प्रकारको फिल्म बनाउँदै गर्दा नेपाली फिल्ममा पनि दर्शकको साथ राम्रो मिल्छ भन्ने ज्ञात पनि गरायो । बर्षेनी दर्जनौं फिल्म खिचिने मुस्ताङको सुन्दरतालाई खास रुपमा चिनाउन 'प्रेमगीत'मा सुदर्शनले जे जति गरे, त्यती काम आजसम्मका अन्य फिल्ममा भएको पाईंदैन् ।
 
अर्को पाटोबाट हेर्दा जहिले पनि आफुले राईजिङ स्टारहरुसँग मात्र काम गरेको बताउने सुदर्शनले आम निर्देशकले 'रिस्क' शब्द बोल्ने नयाँ मानिने अनुहारलाई लिएर पनि राम्रो फिल्म बनाउन अनि सफलता चाख्न सकिन्छ भन्ने पनि प्रमाणित गरे ।
 
'प्रेमगीत'बाट अभिनेता प्रदिप खड्का र अभिनेत्री पूजा शर्माले जुन प्रशंसा भेटिरहेका छन् त्यसको देन निर्देशक नै हुन् भन्न कन्जुस्याँई गर्नुहुन्न । किनकी कुनै निर्देशकले कलाकारलाई स्थापित गराउन सकेन् अनि राम्रो तरिकाले पर्दामा प्रस्तुत गर्न सकेन् भने त्यस्तो अबस्था सफलता भन्ने शब्द नै टाढा रहन्छ । 
 
'सरल विषयमा उच्च मेकिङ अनि प्रस्तुती अनि कलाकारको अभिनयमा उत्कृष्टता निकाल्न माहिर सुदर्शनले फिल्ममा गीत संगीतको छनोटमा पनि आफुलाई प्रमाणित गरेका छन् । आगामी दिनमा पनि यो प्रकारको 'वे' समाउन सके भने उनको करियरमा 'ब्याडलक' भन्ने शब्द नै नआउला ।
Most Visited News (monthly)