सविन श्रेष्ठ एक व्यस्त अभिनेता । फिल्मी क्यालेण्डर हेर्ने हो भने अबका केहि हप्ता उनी पर्दामा छाईरहनेछन् । फिल्म चलुन् या नचलुन् तर एकपछि अर्को फिल्म गरेर सविन पर्दामा आईरहनेछन् । यो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'खुर्पा'मा उनि लिड रोलमा छन् । त्यसपश्चात अर्को महिना त उनका चार वटा फिल्म रिलिज हुने तालिका छ ।
तर रिलिजको हप्ता पनि उनि 'खुर्पा'को प्रचारमा देखिएनन् । बरु अर्क महिना रिलिज हुने फिल्मलाई महत्व दिएर मोफसल दौडाहामा निस्किए । सविनको लागी कतै रिलिजको संघारमा रहेको फिल्म भन्दा प्रतिक्षारत फिल्म 'भाग् सानी भाग्' र महत्वपुर्ण लागेको होईन् ? प्रश्न जायज हुनसक्छ ।
प्रचारको क्रमलाई व्यापकता दिँदै सविन लिड रोलमा रहेको फिल्म मोफसलमा भाग्दै प्रचार गर्दै गरेको छ । नवल नेपाल निर्देशित फिल्ममा केहि आशा गर्ने ठाउँ रहेकोले पनि उनले पनि सोही फिल्मलाई महत्व दिएका हुनसक्छन् । त्यसो त चैत्र ५ मै उनको अर्को फिल्म 'लक्ष्य' पनि रिलिज हुँदैछ । तर त्यो फिल्मको लागी उनको समय नै कम भएको अनुमान लगाउन सकिन्छ ।
'लक्ष्य' को निर्माण युनिट नै खुलेर प्रचारमा लागेको छैन्, त्यसैले उनले जसले खोज्यो त्यो फिल्मको प्रचारमा लाग्दा नवल नेपालको कोल्टामा उनी पुगेका हुनसक्छन् । शुक्रबारबाट रिलिज हुने 'खुर्पा' बिसाउँदा उनलाई के घाटा होला ? त्यो त पर्दामा आएपछि नै थाहा होला ।

