Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यान्सर पीडित बालिकाको जीवन रक्षाको पक्षमा 'भाग् सानी भाग्'

फिल्मीखबर, काठमाडौं, 2016/03/04
चैत्र ५ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'भाग् सानी भाग्'ले प्रचार प्रसारको क्रमलाई तिब्रता दिईरहेको छ । देश दौडाहा गरेर केहि दिन पहिले मात्रै काठमाडौं आएको यो फिल्म युनिटले सामाजिक कार्यमा पनि हात अघि बढाएको छ । फिल्म युनिटको तर्फबाट ७ बर्षिय क्यान्सर पीडीत बालिकालाई आर्थिक सहयोग गरियो । 
 
राजधानीमा आयोजित एक कार्यक्रममा अर्घाखाँची हंसपुरकी ब्लड क्यान्सरबाट पीडीत ७ बर्षिय बालिका रेजिना पौडेलको जीवन रक्षाको पक्षमा फिल्म टिम उभियो । निर्माता सहदेव गौतम, कार्यकारी निर्माता चेतन सापकोटा, निर्देशक नवल नेपाल, लिड कलाकार केकी अधिकारी र सविन श्रेष्ठले १ लाख ६६ हजार २ सय १५ रुपैयाँ बराबरको चेक रेजिनाका पितालाई हस्तान्तरण गरे । 
 
कार्यक्रममा कार्यकारी निर्माता सापकोटाले अष्ट्रेलियामा भएको फिल्मको स्पेशल शो बाट संकलन भएको सबै रकम पीडीत बालिकाको उपचारको लागी खर्चेको बताए । पारिवारिक कथा बोल्ने यो फिल्मलाई आशातित फिल्मको सुचीमा राखिएको छ ।
Most Visited News (monthly)