अभिनेता सौगात मल्लले २ अभिनेत्रीसँग जेठ २८ गते लुकामारी खेल्ने भएका छन् । जेठ २८ गते सौगातले अभिनेत्रीद्धय रिस्ता बस्नेत र सुरविना कार्कीसँग लुकामारी खेल्न लागेका हुन् ।
श्रीराम दाहालले निर्देशन गरेको ‘लुकामारी’ फिल्मको प्रदर्शन मिति वि.सं २०७३ सालको जेठ २८ गतेलाई तोकिएको छ । काठमाण्डौमा सुनिल मानन्धर र काठमाण्डौ बाहिर एफडी कम्पनीले फिल्मको वितरण गर्ने पक्का भएको निर्माणपक्षले जानकारी दिएको छ ।
अपराध मनोविज्ञानलाई हाँस्य रसमा ढालेर यो फिल्मको निर्माण गरिएको छ । काठमाण्डौ र काभ्रेमा फिल्मको छायांकन गरिएको हो । फिल्म भित्र सौगात मल्ल, कर्मा, विक्रम सिंह थारु, जे.वी.डीसी, रीस्ता बस्नेत, सुरविना कार्की, कृष्णभक्त महर्जन, प्रवण भुषाल र कुशल विष्ट मुख्य भूमिकामा छन् । फिल्ममा सौगात र कर्माले दशैकलाई खुबै हसाँउने निर्माता सुरजमान सिंह भण्डारीले जानकारी दिएका छन् ।
फिल्ममा सुसन प्रजापतिको छायांकन, विनोद खतिवडाको लेखन, कृष्ण भण्डारीको सम्पादन, विकास सिलवालको संगीत, अमृत महरठ्ठाको श्रृङ्गार छ । ग्लेज इन्टरटेन्मेन्ट प्रालीले यो फिल्मको निर्माण गरेका हो । फिल्मका दुई अभिनेत्री सुरविना कार्की र रिस्ता बस्नेतको लुक्स रिलिज भएको छ । तर, सौगात मल्ल र कर्माको लुक्स केही दिनमा मात्र सार्वजनिक गर्ने निर्माताले जानकारी दिए ।

