अभिनेत्री करिश्मा मानन्धर बाबुराम भट्टराई नेतृत्वको 'नयाँ शक्ति नेपाल' नामक राजनीतिक संगठनमा प्रवेश गरेसँगै विवादमा तानिईन् । उनको नामसँग जोडेर राम्रै आलोचना पनि भयो । त्यसपश्चात एमाओबादी अध्यक्ष प्रचण्डले उनको विषयमा एक सार्वजनिक कार्यक्रममा गरेको टिप्पणी समेत विवादमा तानिएको छ ।

'नयाँ शक्ति नेपाल'ले बिज्ञप्ति निकाल्दै प्रचण्डको टिप्पणीलई गैरजिम्मेवार र अराजनीतिक भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्राप्त बिज्ञप्तिमा संवैधानिक अधिकारको उपयोग गर्दै राजनीतिमा लागेकी करिश्मालाई जोडेर गरिएको टिप्पणीलाई महिलामाथी गरिएको राजनीतिक हिंसा भनिएको छ । भने प्रचण्ड र यो बारे बोल्ने अर्का नेता आङ्काजी शेर्पालाई तत्काल सार्वजनिक माफी माग्दै गल्ति सच्याउन अपिल पनि गरिएको छ ।
केहि दिन पहिले एक सार्वजनिक कार्यक्रममा मन्तव्यको क्रममा प्रचण्डले जनयुद्धकालमा केही मिडियाले आफ्नो नाम करिश्मासँग जोडेको भन्दै बाबुराम धारमा लागेको तर्फ ईङ्कित गर्दै करिश्मा कसको मान्छे रैछन् भन्ने पुष्टी भएको बोलेका थिए ।

