Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड गायक शाहिद सुफी गाउन नेपालमा

फिल्मीखबर, काठमाडौं, 2016/03/03

बलिउड गायक शाहिद माल्याले राजधानीको मल्ल होटलमा गीत सुनाउने भएका छन् । थुप्रै बलिउड फिल्मका पाश्र्व गायक माल्याले शुक्रबार साँझ सुफी इलेक्ट्रो कन्सर्टमा आफ्ना गीत प्रस्तुत गर्ने भएका हुन् ।

सन् २०११ बाट पाश्र्व गायनमा प्रवेश गरेका माल्याले अभिनेता पंकज कपुरले निर्देशन गरेको   फिल्म ‘मौसम’बाट पाश्र्व गायन सुरु गरेका थिए । त्यसयता उनले ‘यमला पगला दिवाना, ‘टु स्टेट्स’ ‘मेरे ब्रदर कि दुल्हन’, ‘स्टुडेन्ट अफ दि इयर’ ‘गुण्डे’ ‘फ्यान्टम’ जस्ता फिल्ममा गीत गाईसकेका छन् । कन्सर्टका लागि शाहिद शुक्रबार बिहान नेपाल आउँदैछन् ।
उनले कार्यक्रममा बलिउड फिल्मसँगै सुफी गीतहरु सुनाउने आयोजक नाजिरले बताएका छन् । उनले चर्चाका हिसाबले शाहिद अन्य बलिउड गायक भन्दा पछि भएपनि गायनमा अब्बल रहेको बताए ।


‘इलेक्ट्रो सुफी नेपाली संगीत पारखीका लागि नौलो कुरा हो । कार्यक्रम आउनेले नयाँ स्वादको संगीत सुन्न पाएको महसुस गर्नुहुनेछ,’ नाजिरले भने ।  कार्यक्रम लैनचौर स्थित मल्ल होटलमा बेलुकी ७ बजेबाट सुरु हुनेछ । उनको गायनपछि डिजे सेसन हुने आयोजकले जनाएको छ । नाजिरले निरन्तर रुपमा सांगीतिक कार्यक्रम गर्ने र यसपछि बलिउड ¥यापार बादशाह र गायक अंकित तिवारीलाई ल्याउने तयारी पूरा भईसकेको जनाएको छ ।

Most Visited News (monthly)