Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

ट्रेलरमा यस्तो छ 'बुद्ध वर्न ईन नेपाल' (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/04/17
पश्चिमा देशहरुमा तथा भारतियले समेत शान्तिका दुत गौतम बुद्ध को जन्म स्थलको बारेमा भ्रम फैलाईरहँदा बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश सहित तयार भएको फिल्म 'बुद्ध वर्न ईन नेपाल'को ट्रेलर सार्वजनिक भएको छ । 
 
राजधानीमा आईतबार आयोजित एक कार्यक्रमकाबीच जेठ ७ लाई सार्वजनिक प्रदर्शन मिति तय गरिएको यो फिल्मको ट्रेलर सार्वजनिक गरियो । फिल्मले अमेरिकामा पढ्न गएको एक  नेपाली युवकले  बुद्ध नेपालमा जन्मेको भन्ने कुरा स्थापित गर्न गरेको संघर्षको कथा बोलेको छ । 
 
ज्ञानेन्द्र देउजा निर्देशित फिल्मलाई अमेरिका र नेपालमा खिचिएको छ । फिल्ममा लगानी अभिनेता रमित ढुङ्गानाले गरेका छन् । उनि फिल्मका लिड कलाकार पनि हुन्  । फिल्ममा अशिष्मा नकर्मी, निर शाह, मिथिला शर्मा, अमेरिकन कलाकार न्याथ्ली र क्यात्रिन मार्च लगायत अभिनयमा छन् । 
 
हेर्नुहोस ट्रेलरः
 
Most Visited News (monthly)