तपाईंले फेसबुक चलाउनु हुन्छ ? अनि चलाउनुहुन्छ भने तपाईंले त्यहाँ गर्ने पोष्टमा जथाभावी कमेन्ट आयो भने कस्तो हुन्छ ? पक्कै रिस उठ्छ अनि तनाब हुन्छ, हो यस्तै भएको छ, अभिनेत्री प्रियंका कार्कीलाई ।
प्रियकाले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै आफुले गरेका पोष्टमा आएको गलत कमेन्टले हैरानी परेको लेखेकी छिन् । आफ्नो मनलाई रुवाउनेहरु भन्दै उनले आफुले गरेका कुनै पनि पोष्ट सेयर कसैको व्याक्तिगत रुपमा ठेस नपुर्याएको भन्दै गलत शब्द गर्नेहरुप्रति दुःख पोखेकी छिन् ।
अपशब्द लेख्दै कमेन्ट गर्नेहरुलाई लक्षित प्रियंकाको स्टाटसमा कोहि कसैले कमेन्ट गरेकै भरमा परिवारमा गलत सन्देश पुगेको भन्दै आफुलाई पनि सबैले छोरी र चेली समम्झिन आग्रह गरेको आशय छ । अन्त्यमा उनले देशको कलाकारको सम्मान देशबाटै शुरु हुने भन्दै आफ्नो पेशाप्रति सम्मान राख्न सबैलाई आग्रह समेत गरेकी छिन् ।
हेर्नुहोस प्रियंकाको स्टाटस जस्ताको तस्तैः


