डायमण्ड स्टार फिल्मस् ईन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्म 'दि विनर' को टिजर सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक ५० सेकेण्ड लामो टिजरमा फिल्म भित्रका केहि प्लटहरुलाई देखाईएको छ ।
हिक्मत बिष्ट निर्देशित यो फिल्ममा पुर्व मिस नेपाल मलिना जोशी, महेशमान श्रेष्ठ, मन्चिन शाक्य, रेशु तामाङ अभिनयमा छन् । फिल्मको कथा पनि अभिनेता समेत रहेका महेशको नै हो ।
नेपाल तथा युएई र अष्ट्रेलियाका विभिन्न ठाउँमा खिचिएको यो फिल्ममा द्वन्द्व हिमाल केसीको छ । फिल्मको रिलिज मिति भने सार्वजनिक गरिएको छैन् । श्रोतका अनुसार यो फिल्मको अहिलेसम्म पनि पुर्णतः छायाँकन सकिएको छैन् ।
हेर्नुहोस टिजरः

