Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

वितरण नहुँदै विवादमा सेलिब्रेटी कार्ड

फिल्मीखबर, काठमाडौं, 2016/04/17
चलचित्र विकास वोर्डको पहलमा सरकारले वितरण गर्न लागेको सेलिब्रेटी कार्ड नबाँड्दै विवादमा परेको छ । माओवादी निकट तथा केहि स्वतन्त्र फिल्मकर्मीहरुले यो विषयलाई गलत भन्दै विरोध गरेका छन् । 
 
पुराना तथा फिल्म क्षेत्रमा उल्लेख्य योगदान दिएका कलाकर्मीहरुलाई सरकारी सेवा सुविधा दिने तथा विदेश आवतजावतमा सहज बनाउन राजकुमार राई नेतृत्वको विकास वोर्डको पहलमा सञ्चार मन्त्रालयले 'ग्रेड' छुट्याएर कार्ड वितरणको तयारी भईरहँदा फिल्मकर्मीहरुबाट नै यो कुराको विरोध भएपछि यो विषयमा उत्कर्षमा पुग्ने देखिएको छ ।
 
सोमबार सञ्चार मन्त्रालयमा कार्यक्रम गरी सेलिब्रेटी कार्डको विषयमा 'ग्रेड' निर्धारण गर्ने र कस-कसले पाउने सम्मको तयारी भईरहँदा केपी पाठक नेतृत्वको अखिल नेपाल चलचित्रकर्मी संघले खुलेर विरोध गरेको छ । अध्यक्ष पाठकले सेलिब्रेटी कार्डको 'ग्रेड' सरकारले नभई दर्शकले छुट्याउने विषय भन्दै यो विषयले चलचित्र क्षेत्रलाई नै विभाजित गराउन सक्ने चेतावनी दिएका छन् ।
 
काम देखाउने नाममा चलचित्रकर्मीमा बिभाजन ल्याउने काम स्वीकार्य नहुने भन्दै उनले यस बारेको पुरानो बहसमा सबैलाई समयाबधी उल्लेख गरेर परिचय पत्र दिने तर कुनै प्रकारको कार्ड नदिनेमा सबैको मत मिलेको चलचित्रकर्मीलाई विभाजित नगर्न सञ्चार मन्त्रालयसँग आग्रह समेत गरेका छन् । 
 
विकास वोर्डले एक प्रकारको तयारी सहित 'सेलिब्रेटी कार्ड' वितरणको तयारी गरिरहँदा त्यो पहिले नै निस्केका विरोधका स्वरहरुले यो विषयमा झनै तरङग ल्याउने देखिन्छ । 
Most Visited News (monthly)