
अन्तरजातीय प्रेमकथामा अर्को चलचित्र निर्माण भएको छ । यसअघि गायक यसकुमारले ‘बाटोमुनिको फूल’ निर्माण गरेका थिए । यस्तै, अहिले सर्जु लामिछानेको प्रस्तुतीमा ‘कसैलाई नभन्नु’ नामक चलचित्र निर्माण भएको छ । जसलाई ‘अन्तरजातीय म्युजिकल लभस्टोरी’ चलचित्र भनिएको छ ।

माघ २९ गतेबाट एकसाथ प्रदर्शनमा आउन लागेका २ फिल्म ‘क्लासिक’ र ‘प्रेमगीत’को भिडन्त फेसबुकमा पोखिएको छ । दुवै फिल्मका निर्माता एक अर्कालाई फेसबुकमा गाली गर्न लागिपरेका छन् । फिल्म ‘प्रेमगीत’को ‘कहिले पुग्छु रिभर साइड’ बोलको गीतलाई उच्छृङ्खल भएको भन्दै फेसबुकले अपलोड गर्न मानेन । केही दिन फेसबुकमा अपलोड नभएपछि यसका निर्माता सन्तोष सेन, अभिनेत्री पूजा शर्मादेखि निर्देशक सुदर्शन थापा आक्रोशमा देखिए ।

बलिउड सुपरस्टार सलमान खानले आईतबार पचासौं जन्मदिन मनाउँदैछन् । सलमानको जन्मदिन पर्दै गर्दा नेपाल भारतहुँदै विश्वभरी रहेका उनका फ्यानहरुले सामाजिक सञ्जालहरु मार्फत उनलाई शुभकामना तथा शुभेच्छाका शब्दहरु पोष्ट गरिरहेका छन् । टुईटर ट्रेण्डमा पनि सलमानको जन्मदिनको विषयले उच्चता पाईरहेको छ ।

प्रचार बिना फिल्म चल्दैन, निर्देशन सुदर्शन थापालाई यो कुरा राम्रैसँग थाहा छ । तर प्रचार बढी भए पनि फिल्म दर्शकले खोजेजस्तो भएन भने चल्दैन, यो कुरा त उनले अनुभव नै गरिसकेका छन् । उनको पछिल्लो समय रिलिजको क्रममा रहेको फिल्म ’प्रेम गीत’को प्रचारको लागी अहिले सुदर्शनसँगै ’प्रेमगीत’ टिम मरिमेटेर लागेको छ ।

भ्यालेन्टाईन रिलिज फिल्म ’प्रेम गीत’को नयाँ गीत रिलिज भएको छ । ’जब पुग्छु रिभर साईड’ बोलको गीतमा अभिनेत्री पुजा शर्माले दर्जनौं कोरससँग नृत्य गरेकी छिन् । स्विमिङ पुलमा खिचिएका भिडियोमा समावेश दृश्यहरु मनमोहक छन् ।

सदाबहार अभिनेता भुवन केसीको डेब्यु निर्देशन रहेको फिल्म ‘ड्रिम्स’को फस्ट लुक सार्वजनिक गरिएको छ । क्रिसमस डेको अवसर पारेर निर्देशक भुवनले फिल्मीखबर डटकम मार्फत् फिल्मको पोस्टर सार्वजनिक गरेका हुन् ।

