मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'मोक्ष' निर्माता र निर्देशकबीच पुनः टिमअप संकेत, हिरोइनमा हुनसक्छिन् निशा

फिल्मीखबर, काठमाडौं, 2016/05/26
२०७१ को चर्चित फिल्म 'मोक्ष' । सुनिल मानन्धरको निर्माण तथा प्रविण श्रेष्ठको निर्देशनमा बनेको फिल्मले समिक्षकबाट निकै राम्रो प्रतिक्रिया भेट्यो । व्यवसायिक रुपमा छलाङ मार्न नसकेपनि फिल्मबाट नव अभिनेता कोशिस क्षेत्रीले पनि राम्रै तारिफ भेटे । 
 
 
अब भने निर्माता मानन्धर र निर्देशक श्रेष्ठबीच पुनः टिमअप हुने भएको छ । फिल्मीखबरसँगको कुराकानीमा मानन्धरले यो कुराको पुष्टि गरे । 'प्रविण जीले ल्याएको नयाँ प्रोजेक्टको आन्तरिक तयारीमा व्यस्त छौं, अबको मेरो फिल्म प्रविणले नै निर्देशन गर्नेछन्', मानन्धरले प्रष्ट्याए । 
 
 
त्यसो त सुनिल मानन्धरको निकट मानिने अभिनेत्री निशा अधिकारी पनि फिल्ममा हुने संभावनालाई मानन्धरले नकार्न सकेनन् । 'मोक्ष' पछि उनको लगानीमा फिल्म आएको छैन् ।
 
तर फिल्म कहिले बन्छ भन्नेबारे भने उनले खुलाएनन् । श्रोतका अनुसार अभिनेत्री निशाकै प्रयत्नमा तथा अगुवाईमा मानन्धर नयाँ प्रोजेक्टको लागी राजी भएका हुन् ।
 
सोलो निर्माताको रुपमा तथा वितरणको क्षेत्रमा उच्च स्थानको नाम सुनिल मानन्धरले फिल्मसँगै यसको वितरण पक्षको बारेमा पनि खुलेर कुरा राखे । वितरक तथा हल सञ्चालकहरुको कारण नै वक्सअफिस लागु हुन नसकेको कुरालाई घुमाउरो पाराले स्विकार गरेका मानन्धरले आफुभने वक्सअफिस लागु हुनुपर्ने पक्षमा रहेको बोले । 
 
'म वितरक मात्र होईन् निर्माता पनि हुँ, कुराकानीमा रोमाञ्चित बनेका उनले थपे, 'वक्सअफिस लागु हुँदा मात्र निर्माताले आफ्नो हिसाब प्रष्ट पाउँछन, न्याय पाउँछन् ।'