मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकले रेखालाई घेरेपछि 'पलाँस' सुटिङ नै रोकियो

फिल्मीखबर, काठमाडौं, 2016/05/27
अचम्म नमान्नुहोला, सत्य कुरा यो छ कि सुपरस्टारको दर्जा पाएकी अभिनेत्री रेखा थापा अभिनयको लागी लोकेशन पुग्दा दर्शक तथा फ्यानहरुले घेरेपछि अनि तश्विर खिचाउन तछाडमछाड गरेपछि फिल्मको सुटिङ नै रोकिएको छ । 
 
 
निजगण बारामा सुटिङको क्रममा रहेको 'पलाँस' फिल्मको लागी रेखा जब लोकेशन पुगिन्, त्यहाँ रेखा आउने थाहा पाईसक्दा उनका फ्यान तथा सुभचिन्तकहरु बिहानै उनलाई भेट्न त्यहाँ आईसकेका थिए । सुटिङको युनिट पुग्यो, निर्देशक सुवास कोईराला एक्शन भन्न आतुर थिए, तर माहो यस्तो बन्यो कि उपस्थित भिडले फिल्माङ्कन हुनै पाएन् । 
 
 
फिल्मीखबरसँगको कुराकानीमा फ्यान तथा दर्शकहरुको मायाले उत्साहित रेखाले दिनदिनै यस्तैप्रकारको अवस्था बनिरहेकोले लुकेर मात्र सुटिङ गर्नुपरेको बोलिन् । दर्शकको भीड बढेर फिल्म सुटिङको माहोल नबनेपछि रेखाले नजिकबाट दर्शकसँग भलाकुसरी पनि गरेको बताईन् ।
 
 
एक सातादेखि बारामा रहेकी रेखाले भनिन्, 'हरेक दिन दर्शकवाट घेरिएरै सुटिङ गर्नु परेको छ ।' दर्शकवाट घेरिँदा रमाइलो लागे पनि सुटिङ नै नहुँदा भने मज्जा नहुने उनको तर्क छ । यो सम्पुर्ण दृश्य रेखाको अफिसियल फ्यान पेजमा लाईभ समेत गरिएको थियो ।