मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्लै आउनेछैन 'लुकामारी', भिड्न आयो 'रिलेशन'

फिल्मीखबर, काठमाडौं, 2016/05/26
दिपेन्द्र दाहालले निर्देशन गरेको चलचित्र रिलेशन असार १० मा रिलिज हुने भएको छ । निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै अफिसियल रिलिज मिति तय गर्यो । 
 
 
यो मितिमा चर्चामा रेको सौगात मल्लको केहि फरक अभिनय समेटिएको भनिएको फिल्म 'लुकामारी' प्रदर्शनमा आउँदैछ । व्यापारिक रुपमा जसले बाजी मारे पनि हल बाँडफाँडको भागवण्डाले भने फिल्मलाई असर पार्नसक्छ ।
 
'रिलेशन' बुधबार सेन्सर पास पनि भएको छ । सेन्सर वोर्डले फिल्मलाई पिजी सर्टिफिकेट दिएको छ । फिल्ममा तेक्वान्दो खेलको महत्वले संसारिक जिीवनमा पार्ने प्रभावको बिषयमा प्रष्टयाएको छ ।
 
फिल्ममा तेक्वान्दोका फस्ट सेभेन डन दिवाकर महर्जन र अमेरिकी व्ल्याक बेष्ट कृटिना नुनास तथा उपेन्द्र तिमल्सिना,महिमा सिलवाल ,लक्ष्मण बिक्रम बस्नेत ,शुशिल पोख्रेल लगायत तेक्वान्दोका अन्र्तराष्ट्रिय खेलाडीहरुको पनि अभिनय समेटिएको छ ।
 
फिल्ममा अमेरिकी तेक्वान्दो तथा नेपाली तेक्वान्दोको सम्बन्धलाई पनि देखाईएको निर्देशक दिपेन्द्र दाहालले बताए । हलिउड र नेपाली कलाकारको मिश्रीत अभिनय देख्न सकिने यो फिल्म जेठ ३० मा हलिउड थिएटरमा पनि रिलिज हुने बताईएको छ ।