मिति : २०८१ वैशाख ११, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

बाहिरियो हमालकी प्रेमिका भनेर हंगामा मच्चाएकी अभिरुचीको कामुक नृत्य (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/05/25
यहि जेठ १४ गते अर्थात यो हप्ता प्रदर्शनमा आउने फिल्म 'एक्शन'को आईटम गीत रिलिज गरिएको छ । युट्युवमा सार्वजनिक 'चोरी लग्या छ' बोलको आईटम गीतमा नृत्याङ्गना अभिरुची बुढाथोकीको जवानीको मादकता छल्किएको छ । 
 
 
अभिरुची तीनै युवती हुन् जसले केहि बर्ष पहिले महानायक राजेश हमालसँग विहे गर्छु भन्ने खबर मिडियामा ल्याएर हंगामा मच्चाएकी थिईन् । त्यसो र अभिरुचीले हमालले बिहे नगरी बिहे नै गर्दिन समेत भनेकी थिईन् ।
 
गीतमा स्वर युवराज चौलागाईं र गीता सुनारले दिएका छन् भने डिएसको शब्दमा संगीत प्रल्हाद बोगटीले भरेका छन् । नृत्य निर्देशन भने गोविन्द प्रभात र राम प्यासीको छ । 
 
राजु अर्यालको कथा तथा निर्देशन समावेश फिल्ममा शिव श्रेष्ठ, प्रमोद द्विप, जेनिशा केसी, कसम गुरुङ लिड अभिनयमा छन् । दिपेन्द्र कोईराला र शर्मिला लामा गुरुङको लगानी रहेको फिल्म नामले नै एक्शनप्रधान रहेको प्रष्टिन्छ ।