Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दयाहाङ र प्रियंकाको 'लालटिन' फर्स्टलुक सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2016/05/26
देवकुमार श्रेष्ठको निर्देशनमा तयार फिल्म 'लालटिन'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा पात्रलाई गौण राखिएको छ भने सांकेतिक रुपमा 'लालटिन' समाईरहेको देखिन्छ । 
 
 
पृष्टभुमीमा नचिनिने गरी 'लालटिन' समाईरहेका पात्र पोस्टरमा अंकित छन् । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन  गुरुङ, जनक बर्तौला, राज कटुवाल लगायत अभिनयमा छन् ।
 
भानुप्रतापको प्रस्तुती तथा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको फिल्मको सह-निर्मातामा मनोज राजभण्डारी र दिपक श्रेष्ठ छन् । फिल्ममा  हरि घलेको छायाँकन छ । 
 
विनोद ढकाल, किरण माईकल, डिजराज पौडेलको संगीत समावेश फिल्ममा रोशन श्रेष्ठको स्वन्द्व समावेश छ । करोड बढि भनिएको फिल्मलाई उपत्यकामा सुनिल मानन्धरले र मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ । फिल्मको रिलिज मिति भने तय छैन् ।
Most Visited News (monthly)