Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

ट्रेलरबाटै 'सुल्तान'को ऐतिहासिक रेकर्ड

एजेन्सी, मुम्बई, 2016/05/29
भनिन्छ, सलमान खान वलिउड फिल्म उद्योगको लागी रेकर्डको पर्यायवाची नाम हो । सलमान जोडिएको ठाउँमा त्यस्ता धेरै रेकर्ड बन्छन् । बक्सअफिसका किङको उपमा पाएका सलमानको रिलिजको क्रममा रहेको फिल्म 'सुल्तान'ले रिलिज पहिले नै किर्तिमानी कामय गरेको छ ।
 
रिलिजको चार दिनमा फिल्मको ट्रेलर १ करोड बढि पटक हेरिएको छ । चार दिनको छोटो समयमा नै करोड बढि दर्शकले युट्युवमा ट्रेलर हेरेको यो पहिलो पटक हो, बलिउड अनलाईनहरुले लेखेका छन् । 
 
अलि अब्बास जफारको निर्देशन रहेको तथा सलमान र अनुष्का शर्मा लिड अभिनयमा रहेको फिल्म बर्ड २०१६ को प्रतिच्छित फिल्म हो । ईदमा रिलिज हुने फिल्मको ट्रेलरले राखेको रेकर्डलाई आंकलन गर्दा नै 'सुल्तान'ले वक्सअफिसमा धेरै किर्तिमानीहरु कायम गर्नसक्छ । 
 
त्यसो त सबैभन्दा बढि कलेक्सनको रेकर्ड राखेको अनुष्का स्टारर 'पिके' र दोश्रो नम्बरमा रहेको 'बजरंगी भाईजान'लाई पनि सुल्तानले उछिन्नसक्ने अनुमान बलिउड पण्डितहरुको छ । ईनिसियल बिजनेस जे होस, तर यसको लागी पहिलो नम्बरमा भने फिल्म नै राम्रो बनेको हुनैपर्छ ।
Most Visited News (monthly)