Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'ड्रिम्स' पाईरेसीपछि निर्माताबाट १ करोड क्षतीपुर्ती माग गर्दै उजुरी दर्ता

फिल्मीखबर, काठमाडौं, 2016/05/27
वक्सअफिसमा हिट फिल्म पाईरेसीको मारमा परिरहँदा पछिल्लो पटक 'ड्रिम्स' पाईरेसी भयो  । ततःपश्चात निर्देशक तथा निर्माता भुवन केसी  विदेशमा चलाईरहेको शो थाती राख्दै नेपाल फिरे । नेपाल आएपश्चात पाईरेसीले करोडौं घाटा भएको भन्दै १ करोड क्षतिपुर्ती माग सहित भुवनले उजुरी दर्ता गरेका छन् ।
 
प्रहरी साईवर सेल, विकास वोर्ड र चलचित्र कलाकार संघमा भुवनले उजुरी दर्ता गरेका हुन् । त्यसपश्चात भुवनले प्रहरी तथा सम्बन्धित निकायबाट पत्ता लगाई दोषी उपर कारबाहीको बचन पाएको बताए । 
 
नेपाली फिल्म र संस्कृतिलाइ ध्वस्त पार्ने षडयन्त्रमा गिरोह नै लागिरहेको भन्दै भुवनले त्यो गिरोह पत्ता लगाई कारबाहिको लागी माग गरेको बताएका छन् । तर पाईरेसि कहाँबाट र कसले गर्यो भन्ने बारे किटानी दिन भने उनले सकेनन् । 
 
केहि हप्ता पहिले 'ड्रिम्स' पाईरेसी भएको खबर पहिलोपटक फिल्मीखबर डटकमले प्रकाशित गरेको थियो । फिल्ममा अनमोल केसी र साम्राज्ञ्यलक्ष्मी शाह लिड रोलमा छन् । फिल्म बर्ष २०७२ को हिट लिस्टमा छ । 
Most Visited News (monthly)