'लुट' फिल्मबाट एक्कासी उदाएका अभिनेता सौगात मल्ल । त्यसपछि दर्जनौं फिल्म पर्दामा आउँदा पनि उनको अभिनयको प्रसंशा त भयो तर उनकै कारण फिल्म चल्ने अबस्था रहेन् । पछिल्लो रिलिज 'फन्को'को उनको अभिनय धेरैले मन पराए, फिल्मले कति कमायो, निर्माताले नै जानुन् ।
तर समस्या यस्तो रहँदै आयो कि दयाहाङ र निश्चल बस्नेतसँग नजोडिई उनी चल्ने अबस्था रहेन् । यो बीचमा सौगात सोलो हिरो बनेको फिल्म 'लुकामारी' प्रदर्शनको लागी तम्तयार छ । जसले उनको करियरमा एउटा ईँटा थप्नसक्ने आशा गर्नसकिन्छ ।
फिल्मको सार्वजनिक ट्रेलर र गीतलाई दर्शकले मन पराएका त छन नै 'लुकामारी'मा समावेश उनको गेटअप र अबतारले पनि तारिफ भेटेकै छ । हुन त यसअघि पनि एक फिल्ममा सौगात मधेशी ट्यूनको सवादमा प्रस्तुत भएका थिए तर त्यो फिल्मबाट उनले काम गरेको पारिश्रमिक पाए होलान् अरु केहि पाएनन् ।
'छड्के' हेराई, मधेशी ट्युनको संवाद अनि सोहि प्रकारको अभिनय कला, 'लुकामारी' ट्रेलर हेर्नुभएको छ भने सौगातमा यस्तै पाउनुहुन्छ, २ मिनेटको ट्रेलरले फिल्म हेर्नको लागी तपाईको मनलाई सिफारिस गर्नसक्ने धेरै ठाउँ भेटिनसक्छन् ।
यो पटक सौगात दयाहाङहरुसँग छैनन्, अनि उनीभन्दा माथी रहने अर्का कुनै कलाकार पनि छैनन्, उनलाई साथ दिँदै कर्मा देखिनेछन् भने अपोजिटमा सुरविना कार्की र रिस्ता बस्नेत छन् ।
त्यसैले श्रीराम दाहालको निर्देशन रहेको फिल्मलाई सौगात मन पराउने अनि उनको अभिनय रुचाउने धेरैले पर्खेर बसेको पाईन्छ । आशा गरौं, सौगातको कारण फिल्मचल्ने दिन 'लुकामारी'बाट सुरु हुनेछ ।

