Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

नीता - आमेश ब्रेकअप ?

फिल्मीखबर, काठमाडौं, 2016/05/29
अभिनेत्री नीता ढुङ्गाना र अभिनेता आमेश भण्डारी । यो जोडी एकसमय निकै चर्चित बन्यो । अझ 'भ्यालेन्टाईन'को ताका त अन्य प्रेमी जोडीले पनि नीता र आमेशबाट केहि सिक्नुपर्छ है, भन्ने प्रकारका पोष्टहरु सामाजिक सञ्जालमा छरिए । कहिले 'लिप किस'को दृश्य त कहिले अंगालोमा बेरिएका, अनेकन प्रेमभाव झल्किने । 
 
कुनै समय सामाजिक सञ्जालमा दिनहुँजसो नीताले आमेशसँगका अनि आमेशले नीतासँगका तश्विरमात्र पोष्ट गर्थे । तर पछिल्लो पटक यो अवस्था बनेन्, या यो जोडीको प्रेममा खटपटी आयो, दुबैजना एक अर्काबाट मौन छन, सामाजिक सञ्जालका भित्ताहरु यस्तै बोल्छन् । 
 
केहि दिन पहिले 'निर्भय' नामको फिल्मको घोषणा समारोहमा मिडियाले सोधेको प्रश्नमा पनि नीताले प्रेम र बिहेको बारेमा खुलेर बोल्न चाहिनन्, बरु कुरा अन्तै मोडिन् । त्यस्तै आमेशले पनि फेसबुकमा स्टाटस लेखेः ‘सिंगल हुनु अभिशाप हो या गिफ्ट । तपाई नै निर्णय गर्नुहोस् ।’
 
यी पछिल्ला दुई घटनलाई मात्र नियाल्ने हो भने पनि कतै यो जोडीको बाटो मोडिएको त होईन शंका गर्ने ठाउँ छ । अहिले नीता र आमेशको ब्रेकअप हल्लाले गसिप बजार तातिरहेको छ भने दुबैजनाले यो बारेमा आधिकारिकता बाहिर ल्याएका छैनन् । 
 
कलाकारहरुको प्रेममा ब्रेकअप र प्याचअपका घटना नौलो भने होईनन् । यसअघि पनि बलिउडदेखी नेपाली फिल्म उद्योगसम्म धेरै कलाकारको सम्बन्ध टुटेका र जुटेका उदाहरण प्रसस्तै छन्। त्यसैले नीता आमेश प्रेममा केहि दरार आएको हो या दुबैले यस्ता समाचारमा छाउने खेल खेलिरहेका छन्, त्यो कुरा पक्कै केहि दिनमा खुल्नेछ ।
Most Visited News (monthly)