मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

'चपली हाईट २'को प्रदर्शन पहिले नै लगानी सुरक्षित ?

फिल्मीखबर, काठमाडौं, 2016/07/21
अर्जुन् कुमार को निर्माण तथा दिपेन्द्र के खनाल को निर्देशन मा बनेको फिल्म 'चपली हाइट २' ले प्रदर्शन पुर्व नै आफ्नो लगानी सुरक्षित गरेको निर्माताले दाबी गरेका छन् ।
 
यसअघि नै फिल्मको युट्युव, भीसीडी र ओभरसिज राइट्स हाइलाइट्स नेपालले किनिसक्दा फिल्मको सम्पुर्ण लगानी रिकभर भएको बताईन्छ । 
 
फिल्म दर्शकले खोजेजस्तै बनेको छ, मन जित्नेमा पनि आशावादी छौं, निर्माता अर्जुनकुमारले भने, देशमा सँगै विदेशमा पनि एकसाथ फिल्म प्रदर्शनको तयारी समेत भईरहेको छ ।' 
 
'चपली हाइट २' लाई अष्ट्रेलिया प्रदर्शनको अधिकार लिएको नेपालय ईभेन्टसले नेपाल रिलिज मिति भदौ ३ मै अष्ट्रेलियामा पनि एकसाथ प्रदर्शन गर्न लागेको छ । जहाँ हुने शो मा फिल्म निर्देशक खनाल र निर्माता अर्जुनकुमार पनि सहभागी हुने बताईएको छ ।
 
प्रेम, रोमान्स, धोका र सस्पेन्सको कथा बोकेको यस फिल्म मा आयुष्मान जोशी, मरिस्का पोखरेल, परमिताराज्य लक्ष्मी राणाको मुख्य भूमिकामा छन् ।