Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

`वीर विक्रम`मा `कबड्डी` फ्लेभर देख्नेलाई दयाहाङको जवाफ

फिल्मीखबर, काठमाडौं, 2016/07/21
भाद्र ३ गतेबाट रिलिज हुने फिल्म 'वीर विक्रम'को अडियो सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले अडियोसँगै फिल्मको गीत र ट्रेलर पनि सार्वजनिक गरेको हो ।
 
 
मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन र नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । फिल्ममा ३ वटा गीत समावेश छ ।
 
'सारे सारे' बोलको गीत युट्यूबमा सार्वजनिक भएसँगै हिट भएको छ भने 'नजिक हुँदैछु' बोलको गीतको भिडियो आज पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।
 
केहि हप्ता पहिले भदौ ३ रिलिज फिल्म 'वीर विक्रम'को ट्रेलर सार्वजनिक भएसँगै धेरेले दयाहाङ राई अभिनित फिल्म 'कबड्डी' फ्लेभर देखिएको र धेरै दृश्य डिट्टु मिलेको भनेर ट्रेलरको आलोचना गरे । मिडियामा समाचार पनि बन्यो । दुबै तिर लिड रोलमा रहेका दयाहाङ राईले भने बिहिबार आयोजित एक प्रेस मिटमा यो कुराको खण्डन गरेका छन् ।
 
 
दयाहाङले सञ्चारकर्मीको प्रश्नमा जवाफ फर्काउँदै सबैजसो फिल्ममा लभस्टोरी जोडिने र त्यसैको निरन्तरता 'वीर विक्रम'मा पनि भएको भन्दै फिल्मको प्रस्तुतीकरण भिट्टै रहेको दाबी गरे । 'म भएकै कारण अनि अनुपबिक्रम शाही बाईक चढेकै कारण धेरैले 'वीर विक्रम'लाई कबड्डीको कपी भन्नुभयो तर त्यस्तो होईन, हरेक फिल्मको प्रस्तुतीको तौरतरिका फरक हुन्छ, बाहिर आएको हल्ला सत्य होईन, यो सबैकुरा फिल्म रिलिज पछि थाहा हुनेछ ।'
 
अभिनेता अनुप विक्रम शाहीले दर्शकले फिल्म हेरेपछि आफ्नो भूमिकामा मनोरञ्जन लिने बताए । अर्का अभिनेता अर्पण थापाले फिल्मका आफू हाँस्य कलाकारको रुपमा प्रस्तुत भएको र यो दर्शकका लागि नयाँ स्वाद हुने बताए ।
 
कलाकार नाजिर हुसेनले फिल्ममा आफूले पाएको भूमिकालाई न्याय गरेको बताए । निर्देशक मिलन चाम्सले आफू सधै नै फरक शैलीको सोच राखेर फिल्म बनाउने भन्दै 'वीर विक्रम' अर्गानिक भएको बताए ।
 
 
यसअगाडि 'हँसिया' फिल्म बनाएर चर्चामा रहेका मिलनले बनाएको दोश्रो फिल्म 'वीर विक्रम'ले हङकङ र यूकेबाट राम्रो प्रतिक्रिया पाइसकेको छ । रेनशा राइको कोरियोग्राफी रहेको फिल्ममा यम थापाको लेखन छ । 

 

Most Visited News (monthly)