मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा अनमोलको 'म त तिम्रै हुँ', यस्तो छ बिहानी शो को अकुपेन्सी

फिल्मीखबर, काठमाडौं, 2016/07/22
शुक्रबारबाट युवा स्टार अनमोल केसी निर्माता रहेको उनकी आमा सुस्मिता केसीको फिल्म 'म त तिम्रै हुँ' प्रदर्शनमा आएको छ । फिल्मसँग अन्य कोहि पनि भिड्न तयार नहुँदा निर्माण टिमले सोलो रिलिजको अबसर पायो । 
 
श्रीराम महत निर्देशित फिल्म अनमोल कृयशनको ब्यानरमा तयार भएको हो । केहि दिन पहिले आयोजित प्रेसमिटमा उपस्थित हुँदै अनमोलले फिल्म राम्रो बनेको भन्दै हेरेर माया गर्न आग्रह गरेका थिए । 
 
पहिलो दिनको विहानी तथा मेटिनी शो मा फिल्मप्रति दर्शकको आकर्षन कस्तो देखियो त, धेरैको कौतुहलता हुनसक्छ । फिल्मको पहिलो दिने विजनेस सन्तोषजनक मात्र देखिएको छ । तर मल्टिप्लेक्समा भने विहानी शो मा दर्शक शुन्य देखिए । 
 
पहिलो दिन अनमोल जोडिएको क्रेडिट फिल्मले खासै पाएको देखिएको छैन् । उनको नाम क्यास हुँदैगर्दा फिल्मप्रति आशा गर्ने धेरै थिए ।
 
बर्षातको समयले गर्दा फिल्मलाई केहि घाटा भए पनि फिल्म पर्खेर बसेका दर्शक भएको भए सायद हलमा पुगेको देखिन्थ्यो होला । त्यसैले पहिलो दिनको सुरुवाती शो मा ३० प्रतिशत आसपास मात्रै फिल्मको अकुपेन्सी भेट्दैगर्दा शनिबारको विजनेसले फिल्मको भविष्य निर्धारण  गर्ने देखिएको छ ।
 
फिल्ममा आकाश श्रेष्ठ र ज्योत्स्ना योगी लिड रोलमा छन् । फिल्मको जनरा लभस्टोरी हो ।