मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

विनिता विनाको चपली हाईट ब्राण्ड, दर्शकमा कौतुहलता कति ?

फिल्मीखबर, काठमाडौं, 2016/08/17
भोली बिहिबारबाट मोफसलमा तथा शुक्रबारबाट राजधानीमा प्रदर्शनको तयारीमा रहेको फिल्म 'चपली हाईट २' पछिल्लो समय सिने वृत्तको हट केक बनिरहेको छ । सार्वजनिक ट्रेलर तथा गीतहरुले फिल्मले एक प्रकारको हाईप बनाईसक्दा हलमा दर्शक कति पुग्छन् त्यो हेर्न लायक हुँदैछ । 
 
हिट फिल्म 'चपली हाईट'बाट विनिता बराल हिरोईनको रुपमा उदाईन् । चर्चामा आईन, कामको तारिफ पनि पाईन् । चपली हाईटलाई उनि लगायतको टिमले नै ब्राण्ड बनाएको भने बिर्सिन मिल्दैन् ।
 
तर सिक्वेलमा भने उनि मात्र छैनन् होईन कि त्यो फिल्मसँग जोडिएका कोहि पनि लिड कलाकार छैनन्, सबैजसो नयाँ कलाकारलाई स्थान दिईएको सिक्वेलले पनि चर्चा कमाउनुलाई विनिताजस्तै अरु केहि अनुहारहरु हिरो हिरोईनको रुपमा स्थापित गराउने आशामा निर्माण युनिट छ । 
 
यो फिल्मबाट आयुषमान देशराज अभिनेताको रुपमा डेब्यू गर्दैछन् भने परमिति राज्यलक्ष्मी राना पनि हिरोईनको रुपमा आउँदैछिन् । अर्की लिड कलाकार मरिष्का पोखरेल भने यसअघि नै फिल्म गरिसकेकी अभिनेत्री हुन् । त्यसैले धेरै दर्शकलाई नयाँ लाग्नसक्ने यी तीन अनुहारले नै फिल्मलाई प्रतिक्षित बनाईसक्दा रिलिजपछि दर्शक हलमा भरिने सोचमा निर्माण टिम विस्वस्त देखिन्छ ।
 
अर्को तर्फ दर्शक हलमा आउनसक्ने हतियार फिल्मका निर्देशक दिनेन्द्र के खनाल पनि हुन् । धेरै राम्रा फिल्म दर्शकलाई दिईसकेका खनालको पछिल्लो प्रोजेक्ट 'पशुपतिप्रसाद'को सफलताले 'चपली हाईट २' पनि खास बनेको अनुमान लगाउन सकिन्छ । अर्जुनकुमार निर्मित फिल्मको सुरुवाती विजनेसले नै फिल्मको आयु निर्धारण गर्नेछ । 
 
सामाजिक सञ्जालका भित्ताहरुमा नेपाली फिल्मका दर्शक तथा शुभचिन्तकहरुले दर्शाएको यो फिल्म र यसका कलाकारहरुको माया तथा पर्खाईलाई नियाल्दा फिल्मले रिलिजपछि कमाल गर्ने अनुमान लगाउन सकिन्छ । तर ती पर्खाई सामाजिक सञ्जालमा मात्र रहन्छन् या सबैजसो दर्शक हलसम्म पुग्छन् त्यो भने शनिबारसम्म पक्कै थाहा हुनेछ ।