मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाँस्य कलाकार जोकर होईननः शिवहरी पौड्याल (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/08/16
'जिरे खुर्सानी' नेपाल टेलिभिजनबाट प्रशारण हुँदा यो सिरियल हेर्नहुन्थ्यो भने, 'मुखाँ हान्दिउँ जस्तो' ठेगोबाट परिचित कलाकार शिवहरी पौड्याल तपाईं पक्कै चिन्नुहुन्छ । उनै शिवहरी पौड्याल अहिले ठुलोपर्दाको फिल्म अभिनयमा सकृय छन् । 
 
 
'छ एकान छ' पछि 'छक्का पञ्जा' फिल्ममा लिड रोलमा देखिँदै गरेका शिवहरीले फिल्मीखबरसँगको कुराकानीमा पहिले पहिलेका फिल्ममा हाँस्य कलाकारलाई जोकर बनाईने गरेकोमा त्यो ट्रेण्डलाई घुमाउरो पाराले गलत भन्दै अहिले आफ्नै टिमले बनाईरहेको फिल्ममा लिड रोलमा पाएको स्थानबाट हाँस्य कलाकारको महत्व र क्षमता प्रष्टिएको बोलेका छन् । 
 
यसअघि पनि ५० बढि फिचर फिल्ममा अभिनय गरेको भएपनि त्यो सबैभन्दा उपयुक्त भुमिका दिपक दिपा सहितको आफ्नै कमेडियन टिमले बनाएको फिल्ममा पाएको स्थानले खास सन्तुष्ट रहेको उनले बताए । 'छक्का पञ्जा' राम्रो फिल्म बनेको भन्दै दर्शकको मन जित्नेमा उनले आशा व्यक्त गरे  ।